नेपाली क्रिकेटः २०७६ मा बनेका कीर्तिमान



काठमाडौं, बैशाख २

नेपाली क्रिकेटका लागि नतिजाका हिसाबले २०७६ साल खराब रह्यो ।

असारमा मलेसियासँग दुई टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता खेल्दै अन्त्य गर्यो ।
यो वर्ष नेपाली क्रिकेटमा सफलता भन्दा बढी असफता रहे । टि२० विश्वकप २०२०, टि२० एसिया कप, घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण जस्ता ठुला अवसर गुमायो । यो वर्ष नेपालले खेलेका प्रतियोगिता र सिरिजमा प्राय सबैमा आशा एउटा र नतिजा अर्को आउन पुग्यो । अन्तर्राष्ट्रिय स्तरमा भने नेपाली क्रिकेट टोली र खेलाडीको प्रर्दशन चर्चा राम्रो पायो । एकै वर्षमा नेपालले ५ विश्व कीर्तिमान बनायो । जुन यस प्रकार छन् ।

पारसको शतक

नेपाली क्रिकेटका वान म्यान आर्मी अर्थात एकल योद्धा पारस खड्का टी ट्वान्टी आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने पहिलो कप्तान हुन् । नेपालले असोजमा सिंगापुर र जिम्बावेसँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो । असोज ११ मा सिंगापुरसँगको पहिलो खेलमा नेपालले ९ विकेटको जित निकाल्ने क्रममा पारसले कीर्तिमानी शतक प्रहार गरे । १ सय ५२ रनको विजयी लक्ष्य नेपालले १६ ओभरमा १ विकेटको क्षतिमा पुरा गरेको थियो । जसक्रममा पारस ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित इनिङ खेल्दै उक्त कीर्तिमान कायम गरेका थिए ।

अञ्जलीको ६ विकेट

स्पिनर अञ्जली चन्दले मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा माल्दिभ्सविरुद्ध अविश्वसनिय कीर्तिमान कायम गरेकी थिइन् । अञ्जलीले टि ट्वान्टी आईमा मंसिर १६ मा माल्दिभ्सविरुद्ध डेब्यु गर्दै २ ओभरमा कुनै रन नदिइ ह्याट्रिक ६ विकेट लिएपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । उनले ४ ब्याट्सवुमेनलाई क्याच र २ लाई बोल्ड आउट गरेकी थिइन् । अञ्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । जुन प्रर्दशन टि ट्वान्टी आइ पुरुष र महिलामै सर्वोत्कृष्ट पर्दछ ।

कुशलको अर्धशतक

युवा ब्याट्सम्यान कुशल मल्ल ओडिआईमा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । कुशलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत माघ २५ मा अमेरिकाविरुद्ध डेब्यु खेलमा अर्धशतक प्रहार गर्दै रोहित कुमार पौडेलको कीर्तिमान तोडेका थिए । अमेरिकासँग कुशलले ५१ बलमा ३ छक्का र ४ चौका सहित ५० रनमा आउट भएका थिए । कुशल उक्त खेलमा अर्ध शतक प्रहार गर्दा १५ वर्ष ३ सय ४० दिनका थिए । अघिल्लो वर्ष रोहितले यूएईसँगको दोस्रो खेलमा ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै यस विश्व कीर्तिमान कायम गरेका थिए । जुन बेला रोहित १६ वर्ष १ सय ४६ दिनका थिए ।

अमेरिकालाई ३५ रनमा अलआउट

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा माघ २९ मा अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गर्दै विपक्षीलाई ओडीआईमा कम योगफलमा अल आउट गर्ने कीर्तिमान कायम गरेको थियो । यो कीर्तिमान नेपाल र श्रीलंकाको संयुक्त नाममा छ । ३५ रन ओडिआई इतिहासकै कम योगफल हो । सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई १८ ओभरमा ३५ रनमा अल आउट गरेको थियो । अमेरिकालाई कम योगफलमा रोक्न स्पिनर सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएका थिए ।

कम बलमा अल आउट

नेपालले अमेरिकालाई मात्र ७२ बलमा ३५ रनमै अलआउट गरेको थियो । नेपाल ओडीआई इतिहासमा सर्वाधिक कम बलमा विपक्षी टोलीलाई अलआउट गर्ने टोली बन्यो । यसअघि अफगानिस्तानले २०१७ मा जिम्बावेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो । जुन कीर्तिमान तोड्दै नेपालले आफ्नो नाममा इतिहास रचेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News