पेट्रोलियम संस्थाबाट कोषमा रु १० लाख



काठमाडौं, बैशाख ३
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँचपाँच लाख सहयोग गरेका छन् ।

उक्त सहयोग रकम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको एशोसिएशनले जनाएको छ । एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले राष्ट्रिय विपत्तिका समयमा नेपाल सरकारलाई सहयोग गर्ने कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै सहयोग गरिएको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News