धनगढीमा उपचाररत युवकको दोस्रो रिपोर्ट नेगेटिभ


 


काठमाडाैँ, बैशाख ६
कोरोना भाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पतालका प्रवक्ता फिजिसियन डाक्टर जगदीश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको बताए ।

रिपोर्ट नेगेटिभ आए पनि उनी तत्काल डिस्चार्ज हुने छैनन् । ‘२४ घण्टाभित्र अर्को पनि नेगेटिभ रिपोर्ट आयो भने मात्रै हामी उहाँलाई डिस्चार्ज गर्छौं,’ जोशीले भने । सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्