कोरोना भाइरसकाे संक्रमण थप एक जनामा पुष्टि



काठमाडौँ, बैशाख ६
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोरोना भाइरसकाे संक्रमण देखिएको हाे । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उनको ठेगाना र अन्य विवरण मन्त्रलायले खुलाएको छैन ।आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमितको संख्या ३१ पुगेको छ। शुक्रबार एकैदिन १४ जना काेराेना भाइरसका संक्रमित फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News