तेह्रथुममा एक युवाको काेराेना परीक्षणमा एन्टिबडी पोजिटिभ



तेह्रथुम, बैशाख ६
तेह्रथुमका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ ।मेन्छयायेम गाउँपालिकामा शुक्रबार भएको परीक्षणका क्रममा ती युवामा आरडीटी नतिजा पोजिटिभ देखिएको गाँउपालिका स्वास्थ्य शाखा संयोजक किशोरकुमार साहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका भित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो। परीक्षणका क्रममा २८ वर्षीय युवाको एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो। पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ।

ती युवाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारीविश्वराज न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News