बालिका बलात्कार आरोपमा कञ्चनपुरमा एक बृद्ध पक्राउ


 


कञ्चनपुर,बैशाख ७।

बालिका बलात्कार आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय बृद्ध पक्राउ परेका छन् ।

ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यसै साता उनले १५ वर्षीया बालिका घरमा आएको मौका छोपेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ ।

बलात्कारपछि बृद्धले धम्क्याएका कारण डरले बालिकाले घटनाबारे घरमा ढिलो बताएकि हुन्। घरायसी कामले बालिका बृद्धको घरमा गएको र सबै गहुँ काट्न गएको मौका छोपी बृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

ओझा बिरुद्ध जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले बताए ।उनका अनुसार वृद्धलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्