७१ वर्षीय वृद्धमा देखियो कोरोनाविरूद्ध लड्ने एन्टिबडी


 


काठमाडौं, बैशाख ७
सप्तरीमा एकजना वृद्धमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ। जिल्लाकाे सप्तकोशी नगरपालिका- १ फत्तेपुरका ७१ वर्षीय वृद्धको आरडिटी टेस्ट गर्दा एन्टिबडी देखिएको बताइएकाे छ ।

र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा उनमा कोरोनाभाइरसविरूद्ध लड्ने एन्टिबडी देखिएको छ।

आरडिटीमा एन्टिबडी देखिएपछि अहिले उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने पिसिआर परीक्षण गर्न उनको थ्रोट स्वाबको नमूना संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको छ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्