सबै जिल्लामा आरडिटी परीक्षण जारी, नयाँ संक्रमित भेटिएनन्


 


काठमाडौं, बैशाख ८
नेपालमा गत २४ घण्टामा नयाँ काेराेना भाइरसकाे पोजिटिभ केस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३ सय २४ जनाको परीक्षण गरिएकाे छ।

स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी मिडिया बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले देशभर गत २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको जानकारी दिए।

उनले देशभर हालसम्म ८ हजार ४ सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण भएको जानकारी दिए। नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। जसमध्य ४ जना निको भइसकेका छन्। बाँकि २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

प्रदेश नम्बर १ को कोशी अस्पतालमा १३ जना, प्रदेश २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ।

सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ। हालसम्म देशभर २५ हजार १ सय ४८ जनाको परीक्षण भएको जनाएको छ। गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्