डोटीमा चट्याङ लागेर एक महिलाको ज्यान गयो



डोटी,बैशाख ९ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा २२ वर्षीया उजली बयाडी रहेकी छन् ।

आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News