कोरोना कहर यथावत्, युरोपमा मात्र १ लाखभन्दा बढीको मृत्यु


 


जेनेभा, वैशाख ९ एजेन्सी
कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ ।
युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्