अछाममा २० वर्षीया युवतीको आरडीटी परीक्षण पोजेटिभ


 


अछाम,वैशाख १० ।

अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ ।

वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका ६ जनाको आरडीटी परीक्षण गर्दा ती युवतीको रिपोर्ट पोजिटिभ आएको हो ।

ती युवती काठमाडौँबाट आएको र अन्य ५ जना आफ्नो डडेल्धुरा वसेको परिवारलाई भेटी अछाम आएको वान्नीगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिए ।

अहिले ६ जनालाई नै वयलपाटा अस्पतालमा पठाएको र सवैको स्वाव संकलन गरी धनगढीको पीसीआर मेसिनमा चेक गर्न पठाइन थालेको उनले बताए ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्