नेपालमा कोरोना संक्रमितकाे संख्या ४५ पुग्याे


 


काठमाडौं, बैशाख १०
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संख्या ४५ पुगेकाे छ। बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ । सातजना भने डिस्चार्ज भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्