राैतहटमा असिना पानीले क्षति, सांसद साहद्वारा क्षतिपूर्तिको व्यवस्था गर्न माग



रौतहट, बैशाख १३
रौतहटमा शुक्रबार असिना झरेसँगै वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै शुरु भएको असिना पानीले व्यापक क्षति पुर्याएकाे छ । कोरोना महामारीसँगै महिना दिनदेखि जारी लकडाउनबाट पीडि़तहरू हावाहुरी र असिना पानीले झनै समस्यामा परेका छन्।

टहरिया र गुजरा नगरपालिकामा हावाहुरीसहित परेको असिना पानीले ठूलो क्षति पुर्याएको छ । असिना, हावाहुरी र वर्षाका कारण दर्जनौं घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसल समेत भत्काएको छ । भने आप, लिचि र अन्न् बालीमा समेत ठूलो क्षति पूर्याएको छ ।

सयौं हेक्टर जग्गामा किसानले लगाएको अन्न तथा तरकारीबाली नष्ट बनाएपछि किसान चिन्तित बनेका छन् । यो संकटपूर्ण अवस्थामा पीडितहरुलाई तुरुन्त राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न सांसद प्रभु साहले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News