सपनाको संघारमा ज्योती पाण्डे


 


received_1235175623194597खिलाराज नेपाल

लगभग साढे २ बर्षको अन्तरालपछि नेपाली राष्ट्रिय महिला क्रीकेट टोलिले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउदै छ।आगामी अक्टोबर ९ तारिखबाट हङकङमा हुन गइरहेको महिला बिश्वकपको एशिया क्षेत्रीय छनोट प्रतियोगितामा हङकङ ,चाइना ,थाइल्यान्ड सगै नेपालले सहभागिता जनाउन लागेको हो।उक्त प्रतियोगिताको स्थान र समयतालिका समेत प्रकाशित भैसकेको छ।

लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नहुदा नेपालमा रहेका महिला खेलाडीहरुको प्रतिभा ओझेलमा पर्दै आएको थियो।यस्तै आफ्नो प्रतिभालाइ आफैमा खुम्च्याउन बिबश महिला खेलाडीमध्ये एक हुन ज्योती पाण्डे ।बिराटनगरमा जन्मिएकी ज्योती पाण्डे एक प्रतिभाशाली खेलाडी हुन।विकेटकिपर ब्याटस्मेनको भुमिकामा राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आएकी ज्योती नेपालि राष्ट्रिय टोलिबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु आफ्नो सपना रहेको बताउछिन।
received_1235180116527481घरबाटै क्रीकेट क्यारियर शुरु भएको बताउने ज्योति पाण्डेका आफ्नै बाबा नै बिराटनगरमा क्रीकेट सिकाउने प्रशिक्षक हुन । आफ्नै परिवारको प्रेरणामा क्रीकेट खेल्न शुरु गरेकी ज्योती ब्याट बोकेर बिराटनगरस्थित रंगशालामा क्रीकेट खेल्न पुग्थिन।औपचारिक रुपमा एकेडमी मा क्रीकेट सिक्न नपरेको बताउने ज्योति पाण्डे आफुमा क्रीकेट प्रतिको मोह र ब्यक्तिगत रुपमा मिहिनेत गरेको हुनाले रंगशालामा सिकेकै भरमा स्थानिय प्रतियोगितामा जम्न थालेपछी सन २००९ मा क्षेत्र नम्बर १ बिराटनगरबाट राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएकी थिइन।
राष्ट्रिय प्रतियोगिताहरुमा एक पछि अर्कोमा राम्रो गर्दै गएपछी उनलाइ २०१२ मा शसस्त्र प्रहरीको ए पि एफ क्लबमा आवद्ध हुने मौका मिल्यो।उनी हालसम्म पनि ए पि एफ कै नियमित सदस्यको रुपमा रहदै आएकी छिन। जसले गर्दा उनको क्रीकेट क्यारियरलाई घरेलु प्रतियोगिताहरुको अभावमा पनि खेलमा अभ्यस्त रहन मदत पुग्दै आइरहेको उनी बताउछिन।

क्षेत्र नम्बर १ र ए पि एफ बाट अहिलेसम्म १० वटाजति प्रतियोगितामा सहभागीता जनाएकि ज्योतिले उत्कृष्ट प्रदर्सन गर्दै आएकि छिन। २०१३ मा भएको राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा ए पि एफ बाट क्षेत्रनम्बर ३ काठमाडौं बिरुद्ध शतक प्रहार गर्दै टोलिलाई फाइनल पुर्याउन भुमिका खेलेकी थिइन।यद्यपि यसअघि कुनैपनी अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले देशको प्रतिनिधित्व गर्न पाएकी छैनन।
आगामी बिश्वकप छनोट प्रतियोगिता को लागि टिम छनोट गर्न खेलाइएको म्याचहरुमा उत्कृष्ट प्रदर्शन गरेपछी 38 सदस्यीय क्लोज क्याम्पमा परेकी ज्योती क्याम्पमा पनि आफुलाइ लयमा राख्दै छनोट भएको १८ सदस्यभित्र आफुलाइ पार्न सफल भएकी छिन। अक्टोबर ६ तारिखमा हङकङ प्रस्थान गर्ने संभावना रहेको टोलिको अन्तिम १४ को घोषणा हुन बाकी रहदा ज्योति पाण्डे आफुलाइ आफ्नो सपनाको संघारमा उभिएको महशुस गर्छिन।क्रीकेट खेल्न शुरु गर्दा आफुलाइ एकपटक अबस्यनै देशको प्रतिनिधित्व गराउने सपना बोकेकी पाण्डे आफ्नो सपनाको नजिक रहेकी छिन।
received_1235178516527641नियमित विकेट किपर ममता थापा १८ सदस्यभित्र अटाउन नसकेपछि हाल १८ जनाभित्र रहेका काजोल श्रेष्ठ र ज्योति पाण्डे मध्ये एकजना विकेट किपरको भुमिकामा छनिने पक्का छ।तर ज्योती किपिङ्ले मात्र टिममा पर्न नसकिने कुरा बताउछिन जसको लागि मुख्यत ब्याटिङनै राम्रो हुनुपर्ने उनको भनाइ रहेको छ। ब्याटिङमा अब्बल रहदै आएकी ज्योति पाण्डेको राष्ट्रिय टोलिमा पर्ने सम्भावना बलियो रहेको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको मुखमा मात्र क्रीकेटको झारो टार्ने गरि गरिदै आएको तयारीले पक्कैपनि ज्योतिजस्ता प्रतिभा हरुको पहिचान गर्न असम्भव छ।नेपाली क्रीकेटका सरोकारवाला हरुको ध्यान घरेलु प्रतियोगिताहरुमा पुग्न सके नया प्रतिभाहरुको प्रस्फुटनमा मदत पुग्ने कुरालाइ नकार्न सकिन्न।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्