इबोलाको औषधिले कोरोना ठिक हुने दाबी


 


डा. एन्थनी फाउची

अमेरिकाले कोरोना संक्रमितको उपचारमा इबोलाको औषधिले ठिक हुने दाबी गरेको छ ।

अमेरिकी नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्शीयसका निर्देशक डाक्टर एन्थनी फाउचीले
इबोलाको लागि बनाएको औषधि रेमडिसिवियरलाई गरिएको ट्रयालले १५ दिनमा ठिक हुने कोरोना संक्रमित ११ दिनमा ठिक भएको बताएका छन् ।

यो औषधि एन्टी भाइरल औषधि हो । डाक्टर फाउचीले यो जादुई आँकडा नतिजा नभएपनि इबोलाको यो औषधिले कोरोना ठिक हुने प्रमाणित भएको दाबि गरेका छन् ।

उनले यो अमेरिकाबाहेक कैयौं देशमा प्रयोग गरेको बताइएको छ । यस औषधिका बारेमा चीनको एक मेडिकल जर्नलमा भने यो औषधिले कोरोना रोक्न सफल नभएको दाबी गरिएको थियो ।

यस्तो दाबी गरिएको बेला अमेरिकाले भने इबोलाको औषधिले कोरोना निको हुने दाबी गरेपछि अहिले महामारी बनेको कोरोना रोक्न यो अनुसन्धान सहायक हुने विश्वास बढेको छ । एजेन्सी

प्रकाशित मिति: १८ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्