कति पुग्यो आज विदेशी मुद्राको विनिमयदर ?


 



काठमाडौं, वैशाख २१
आज अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैया ४८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ ।

आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ३३ पैसा तोकिएको छ।

त्यस्तै एक बहराईन दिनारको  खरिददर ३ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रिदर १ सय ३२ रुपैयाँ ३३ पैसा रहेको छ। शुक्रबारको तुलनामा आज विदेशी मुद्राको विनिमयदर घटेको हो।

प्रकाशित मिति: २१ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्