Deshko News
१३ आश्विन २०८०, शनिबार

बेलायतमा कोरोनाविरुद्ध औषधिको परीक्षण सुरू




कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि बेलायतमा औषधि परीक्षण सुरू गरिएको छ। बेलायतका वैज्ञानिकले विकास गरेको नयाँ औषधिको परीक्षण थालिएको हो। साउथह्याम्पटनको युनिभर्सिटी हस्पिटलमा कोरोनाको परीक्षण सुरु गरिएको छ।

यसलाई बेलायतको बायो–टेक कम्पनी साइनाइर्जेनले विकास गरेको हो। भाइरल संक्रमण हुँदा मानिसको शरीरले उत्पादन गर्ने ‘इन्टरफेरोन बेटा’ नामको प्रोटिन यसका प्रयोग गरिएको छ। यो परीक्षणको प्रारम्भिक नतिजा आगामी जुनको अन्त्यसम्ममा आउने अपेक्षा गरिएको छ।

साइनाइर्जेनका प्रमुख कार्यकारी रिचार्ड मार्सडेनका अनुसार इन्टरफेरोन बेटा भाइरसविरुद्धको प्रतिरक्षाका लागि शरीरको पहिलो पंक्तिको भाग हो, जुन भाइरल आक्रमणको शिकार हुने खतरा हुन्छ। कोरोना भाइरसले शरीरको प्रतिरोधी प्रणालीमाथि आक्रमण गर्न यही प्रोटिनको उत्पादनलाई असर पुर्‍याउँछ

यो नयाँ औषधि त्यही इन्टरफेरोन बेटालाई मुखले श्वासमार्फत् तानेर सिधै भाइरस भएको स्थानमा पठाउने हिसाबले बनाइएको जनाइएको छ।

प्रतिरोध क्षमता कमजोर भइसकेका बिरामीलाई प्रोटिन सिधै दिँदा एन्टी भाइरल प्रतिक्रिया मजबूत हुने बताइएको छ। इन्टरफेरोन बेटा मल्टिपल स्कलेरोसिस रोगको उपचारमा प्रयोग गरिने औषधि हो। बीबीसी

प्रकाशित मिति: २२ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News