सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा



काठमाडौँ, बैशाख २४
सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका छन् ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनलाई पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका बताएका हुन् ।

डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो ।

उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । फलोअप आउँदा उनकाे पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News