थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४३ पुग्याे



काठमाडौं, बैशाख ३१
नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो। यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो। दिउसो र साँझको सहित बुधबार मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News