नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुग्यो



काठमाडौं, जेठ १
नेपालमा काेराेना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकपछि संक्रमितकाे संख्या २४६ पुगेको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजै काठमाडौंको चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिका पनि संक्रमण पुष्टि भएको थियो । यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News