नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो



काठमाडौं, जेठ २
थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विज्ञप्ति उल्लेख गरिएअनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । उनीहरु सबै पुरुष हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News