अब वैदेशिक रोजगारीमा जानेलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने


 


काठमाडौं, जेठ २
सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ।

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति नीति सरकारले लिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन्। त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारको छ।

सरकारले सामाजिक सुक्षालाई दिगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्