काेराेना अपडेट: ८७ हजारमा परीक्षण, निकाे हुनेकाे संख्या ३६ पुग्याे



काठमाडौं, जेठ २
देशभरि हालसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ जनाकाे काेराेना भाइरस परीक्षण भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार गत २४ घण्टामा १ हजार २ सय ५० वटा नमूना परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६३ हजार ८५ वटा नमूना परीक्षण भएको छ भने गत २४ घण्टामा ७ सय ८ वटा नमूना परीक्षण गरिएको छ । प्रवक्ता विकास देवकोटाका अनुसार देशभर १५ हजार ६ सय ८३ जना क्वारेन्टाइमा छन् । यस्तै देशभरका अस्पतालमा आइसोलेसमा २ सय ६७ जना छन् ।

त्यसैगरी कोशी अस्पतालमा उपचारत २५ वर्षीया एक युवा कोरोना जितेर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालबाट उपचारत उदयपुरमा २५ वर्षीया युवा निको भएर घर फर्किएका हुन् । ती युवा डिस्चार्ज भएसँगै नेपालमा कुल संक्रमितमध्ये निको हुनेको संख्या ३६ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार आज मात्र थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News