थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७८ पुग्यो



काठमाडौं, जेठ ३
थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News