धुलिखेल अस्पताल सील गरी सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन



काठमाडौं, जेठ ३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जानकारी दिएको छ।
मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए नभएको गहन रूपमा अध्ययन सुरू भएकाे जनाएकाे छ।

अस्पतालमा उपचारका क्रममा ती सुत्केरीको मृत्यु भएको थियो। श्वासप्रस्वासमा समस्या आएकी उनको मृत्यु कोरोनाका कारण भएको भन्दै हल्ला चलेको थियो। तर मन्त्रालयले कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा थप परीक्षण गरिरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

मन्त्रालयको नियिमत कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा देवकोटाले सुत्केरीको मृत्युका विषयमा मन्त्रालयले आवश्यक परीक्षण गरिरहेको जानकारी दिएका हुन्।

२३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको जनाएकाे छ।यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News