बारामा पनि प्रहरीलाई काेराेना संक्रमण



काठमाडौं, जेठ ३
पछिल्लाे समय तराइ क्षेत्रमा काेराेना संक्रमितकाे संख्या दिनदिनै बढ्न थालेपछि त्यसकाे चपेटामा सुरक्षकर्मीहरू पनि पर्न थालेका छन्। साेही क्रमामा जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण देखिएकाे बाराका एसपी कृष्ण पंगेनीले बताए।

उनका अनुसार आफूहरुलाई त्यसबारे जानकारी गराइएको बताउँदैन कन्ट्याक ट्रेसिङकाे काम सुरू गरिएकाे छ।उनले भने, ‘उनीसँग सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले समेत ती प्रहरी जवानमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको बताए । स्रोतका उनकाे सम्पर्कमा अाएका २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने कपिलवस्तुमा नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई तथा अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असईमा कोरोना भाइरसकाे संक्रमण देखिएकाे थियाे। नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News