थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो



काठमाडौं, जेठ ४
आज थप तीन जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा स‌ंक्रमितको संख्या २९५ पुगेको छ ।

जसमध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

आज प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् ।

धनकुटाकी संक्रमित धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ भने बाँकी २ जना विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News