फास्ट ट्रयाकको तीन अर्ब बजेट फिर्ता


 


काठमाडौं, जेठल १०
आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकायबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् ।

अर्थ मन्त्रालयका अनुसार गत चैत महिनामा मात्र विभिन्न १० निकायबाट करिब ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट फिर्ता भएको छ ।

जसमध्ये सबैभन्दा धेरै फास्ट ट्र्याकको रकम फिर्ता आएको हो । अर्थ मन्त्रालयका अनुसार रक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि फास्ट ट्रयाकमा विनियोजित रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ हजार रुपैयाँ फिर्ता भएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्