फुटसलको उपाधि आरआर क्याम्पसलार्इ


 


footsal-rr-colageकाठमाडौँ, असाेज ८

अन्तर कलेज फुटसलको उपाधि रत्नराज्य (आरआर) क्याम्पसले जितेको छ । पवन प्रकृती कलेजलाई फाइनलमा ७-१ गोलले पराजित गर्दै आरआरले उपाधी जितेको हो ।

अखिल (क्रान्तिकारी)को आयोजनामा सम्पन्न प्रतियोगिताको विजयता टिमले ५१ हजार नगद पाएको छ । बानेश्वर फुटसल तथा रिक्रीएसन सेन्टरमा सम्पन्न प्रतियोगितामा दोस्रो भएको पवन प्रकृति कलेजले ३१ हजार जितेको छ भने विश्वभाषा क्याम्पसले तेस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार जितेको छ ।

footsal-rr-colage-1३४ टिम सहभागी प्रतियोगितामा आरआर क्याम्पसले ३३ गोल गोल गर्दै ३ गोलमात्र खायो । समापन समारोहमा माओवादी केन्द्रका नेता पूर्वउर्जामन्त्री टोप बहादुर रायमाझीले खेलाडीलाई पुरस्कार दिए ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्