कोरोना अपडेट: देशभर १ लाख ५८ हजार ५ सय ८० बढीको नमूना परीक्षण



काठमाडौं, जेठ १४
कोरोनाको आशंकामा नेपालमा हालसम्म १ लाख ५८ हजा ५ सय ५९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५८ हजार २ सय ७२ जनाको पिसिआर र १ लाख २ सय ८७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको हाे।

कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। जसमध्ये ७ सय ९६ पुरुष र ९० जना महिला छन्। प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, बागमतिमा ३९, गण्डकीमा १३, प्रदेश ५ मा ३ सय ६५, कर्णालीमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये हालसम्म १ सय ८३ जना उपचारपछि डिस्जार्च भएका छन् भने चार जनाको मृत्यु भएको छ।

मुलुकभर हाल ६ सय ९९ जना अस्पतालको आईसोलेसनमा छन् भने ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाको संक्रमणबाट हाल ४७ प्रभावित छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News