रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण



रौतहट, जेठ १६
रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे ।

प्रजिअ घिमिरेका अनुसार संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News