कर्णाली प्रदेशमा कोरोना संक्रमितकाे संख्या ६० पुग्यो


 


सुर्खेत, जेठ १७
कर्णाली प्रदेशमा शनिबार बिहान थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनले जानकारी दिए । थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एक, वडा नं ३ का एक, वडा नं ४ का तीन, वडा नं ६ का एक, वडा नं ८ का दुई, वडा नं ९ का दुई, वडा नं १० का दुई र वडा नं ११ का दुई जना छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्