अनलाइन गेम खेलेर पैसा भुक्तानी गरे ई- सेवा खाता ब्लक हुने


 


काठमाडाैँ, जेठ २३
अनलाइन गेम खेलेर ई-सेवामार्फत भुक्तानी भइरहेकोप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ । अनलाइनमा गेम, बाजी, बेटिङ खेल्ने र ई सेवा तथा फोन पे बाट भुक्तानी भइरहेको सूचना आएकाले कम्पनीको गम्भीर ध्यानाकर्षण भएको ई सेवाले जनाएको छ ।

अबदेखि यस्तो भएकाे पाइएमा सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने र ई सेवाको खाता निलम्बन हुने पनि कम्पनीले चेतावनी दिएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्