आज सम्बन्धित मन्त्रीले संसदमा जवाफ दिँदै


 


काठमाडौं, जेठ २६
संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएकाे छ। बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बैठकमा सांसदहरुले पेश गरेको २४ भन्दाबढी खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् ।

यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची तय भएको छ । मन्त्रीहरूले जवाफ दिएपछि आजै विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने कार्यसूची छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै खर्च गर्न सरकारलाई बाटो खुला हुनेछ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्