प्रदेश २ मा कृषिलाई महत्व


 


जनकपुर असार १

प्रदेश २ सरकारले नयाँ बजेटमा कृषिलाई महत्व दिएको छ । आगामी आर्थिक वर्षको लागि ३३ अर्व ५६ करोडको बजेट ल्याएको छ।

प्रदेशसभा २ मा सोमबार प्रदेश २ का सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी आ व २०७७–०७८ लागि ३३ अर्ब, ५६ करोड, ९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका हुन्।

चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार आर्थत ४५।९५ प्रतिशत र पूँजिगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार आर्थत ५३।६७ प्रतिशत बजेट विनियोजन गरेको छ।

बजेटमा कोभिड १९ लाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता र कृषि क्षेत्रलाई दोश्रो प्राथमिकतामा राखेर बजेट ल्याएको हो। प्रदेश सरकारले चालु आ।व। २०७६–०७७ को तुलनामा आगामी आर्थिक वर्षको बजेट ५ अर्ब १६ करोड बजेट कम रहेको छ।

यसअघि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो। अगामी आर्थिक वर्षको बजेटमा जनतालाई सर्भसुलभ प्रभावकारी स्वास्थ्य सेवाको लागि प्रत्येक जिल्ला अस्पतालको स्तरोन्नति गरी दुईसय सैय्याको बनाइ अधुनिक सुविधा सम्पन्न बनाउने बजेटमा व्यवस्था गरेको छ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ। यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ। बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ। बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति: १ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्