सुनचाँदीको मूल्य बढ्यो


 



काठमाडौं, असार ३
नेपाली बजारमा आज सुनचाँदीको मूल्य तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ८९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला ९ सय ३० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्