पाँच कम्पनीको शेयर नेप्सेमा सूचीकृत


 


काठमाडौं, असार १९
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर सूचीकृत भएको छ ।

देव विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५० लाख ४० हजार ६८१ दशमलव ६० कित्ता शेयर सहित सिर्जना फाइनान्स , आरएसडीसी लघुवित्त, सिन्धु विकास बैंक र सानिमामाई हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस वापतको ११ लाख ५ हजार ८७६ दशमलव ८० कित्ता, आरएसडिसी लघुवित्तको ६ प्रतिशत बोनस शेयर वापतको ३ लाख ८० हजार १०७ दशमलव २० कित्ता , सिन्धु विकास बैंको ११ दशमलव ५१ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७४ हजार २८७ दशमलव ५ कित्ता र १० प्रतिशत बोनस शेयर वापतको सानिमामाई हाइड्रोको २३ लाख २१ हजार कित्ता शेयर नेप्सेमा कारोबार योग्य भएको हो ।

यो शेयर सम्बन्धीत कम्पनीको शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्