Deshko News
१४ आश्विन २०८०, आइतबार

कोरोनाले काठमाडौंमा एकको मृत्यु, मृतकको संख्या ३२ पुग्यो



काठमाडौं, असार १९
नेपालमा कोरोना भाइरस (कोभिड-१९)ले थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

त्यस्तै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र ७४० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News