कोरोना संक्रमण देशभर घट्यो, काठमाडौंमा बढ्यो


 


काठमाडौं, असार २४
काठमाडौंका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बुधवार काठमाडौंमा थप १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ ।

मंगलवार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमवार काठमाडौं उपत्यकामा एकैपटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्