अमिताभ बच्चनलाई कोरोना संक्रमण


 


एजेन्सी, असार २७
बलिउड सुपरस्टार अमिताभ बच्चनमा कोरोना पोजिटिभ पाइएकाे छ।

कोरोना संक्रमणकाे रिपार्ट अाएपछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ।

७७ वर्षीय अमिताभ बच्चन आफैले यस बारे जानकारी दिएका छन्।

अमिताभ बच्चनले आफ्नो ट्वीटमा लेखेका छन्, “मलाई कोरोना पोजिटिभ भेटियो। अस्पतालमा म भर्ना भएकाे छु।’ अस्पताल अधिकारीहरूलाई जानकारी दिँदै परिवार र बाँकी स्टाफको जाँच भैरहेको छ। रिपाेर्टहरू पर्खिरहेका छन्। गत १० दिनमा मसँग धेरै नजिक भएका सबैलाई काेराेना टेस्ट गराउन अनुरोध गर्दछु। ”

कोरोना पोजिटिभ देखिएका बच्चन  कौन बनेगा करोडपतिका लागि शूटिंग गर्दै थिए। उनले कार्यक्रमको प्रोमो भिडियो शूट गरेका थिए। उनले बिग बीसँग रहेका परियोजनाहरू पनि संचालन गर्दै थिए ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्