अमिताभ बच्चनको परिवारमा थप तीन जनालाई कोरोना


 



काठमाडौं, असार २८
बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भए पनि अमिताभकी पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमिताभले ट्विटमार्फत आफूलाई कोरोना भाइरस संक्रमणको बताउँदै परिवारका अन्यको पनि परीक्षण गरिएको जानकारी दिएका थिए । उनी अस्पताल भर्ना भइसकेका छन्।

बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्