कोरोना संक्रमितको संख्या १७ हजार नाघ्‍यो


 


काठमाडौं, असार ३०
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो । 

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन् । 

आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेका छन् । 

मन्त्रालयका अनुसार १० हजार तीन सय २८ जनाले अहिलेसम्म कोरोना जितेका छन् । यो संख्या कुल संक्रमितमध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्