Deshko News
१४ मंसिर २०८०, बिहिबार

जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’सहित आयो एक हजारको नयाँ नोट


 



काठमाडौं, साउन ९
चितवनमा रहेका जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’को तस्बीरसहित एक हजार रुपैयाँको नयाँ नोट आएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएको थियो ।

नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेको हो । बैंकका प्रवक्ता गुणाकर भट्टले स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर नोट परिवर्तन गरिएको जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउँछन्। एक हजारको नोटमा राम–लक्ष्मणको तस्बिर राख्ने कदमले संरक्षणकर्मीलाई गर्वको अनुभूति गराएको विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए।

बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो ।
त्यसमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग, पुरातत्व विभागका उच्चाधिकारी तथा संस्कृतिविद् सत्यमोहन जोशी रहनुभएको थियो । नेपाली हात्ती एक हजारको नोटमा हेर्न पाउने भएपछि संरक्षणकर्मीमा उत्साह छाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्