घुससहित डिएफओ पक्राउ, श्रीमतीको साथबाट भेटियो साढे पाँच लाख रुपैयाँ


 



काठमाडौं, साउन १०
डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साह साढे पाँच लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उनलाई पाँच लाख ५३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको जनाएको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको हो ।

घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बा२झ ४१० नम्बरको सरकारी गाडीमा लुकाइ राखेको अवस्थामा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।

प्रकाशित मिति: १० श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्