नेप्से परिसूचक ७ अकंले बढ्यो



काठमाडाैँ, साउन १९
साताको दोस्रो कारोबारका दिन (आज सोमबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अकंले बढेर बन्द भएको छ ।कारोबारको शुरुवातमा ओरालो त्यसपछि उकालो यात्रा लागेको नेप्से परिसूचक आज भने ७ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३९३.०२ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १४०३.८७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।आज सेन्सेटीभ सूचक पनि १.४७ अंकले बढेकोे छ । आज कारोबारका लागी आएका १२ उपसूचक मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १९० कम्पनीको ५३ लाख ४२ हजारभन्दा कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।यस्तै हाल कारोबारमा आएका कम्पनिमध्येप्रभु बैंक लिमिटेडले १ लाख २२ हजार शेयर कित्ता खरिद बिक्री हुदाँ ३४ करोड २९ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News