गायक प्रेमराजा महत दम्पतिलाई कोरोना सङ्क्रमण


 



काठमाण्डौं, साउन २४
वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महा-वाणिज्यदूत प्रेमराजा महत र उहाँकी श्रीमती कविता केसी महतलाई कोरोना सङ्क्रमण भएको छ ।

वरिष्ठ लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिनुभएको हो । आफ्नै घरको एउटा(एउटा कोठामा आइसोलेशनमा बसेको पनि महतले जानकारी दिनुभएको छ। 

कोरोना सङ्क्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदी  भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गर्नु भएको छ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्