भारतमा कोरोना संक्रमणको नयाँ ‘रेकर्ड’, एकैदिनमा थपिए अहिलेसम्मकै धेरै संक्रमित


 



काठमाडौं, साउन २५
भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।

भारतमा शनिबार मात्रै ६५ हजार १५६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यो अहिलेसम्मकै धेरै संक्रमितको संख्या हो ।

अहिले भारतमा दैनिक अमेरिका भन्दा पनि बढी संक्रमित देखिन थालेका छन् । शनिबार अमेरिकामा ५३ हजार ७०५ तथा ब्रजिलमा ४६ हजार ३०५ जना कोरोना संक्रमित बढेका छन् । 

शनिबार एकैदिन भारतको महाराष्ट्रमा १२ हजार ८२२ जना संक्रमित थपिएका छन् । त्यस्तै आन्ध्र प्रदेशमा १० हजार ८० कोरोना संक्रमित भेटिएका थिए ।

शुक्रबार अमेरिकामा ६३ हजार २४६, भारतमा ६१ हजार ४५५ र ब्रजिलमा ४९ हजार ५०२ नयाँ संक्रमित भेटिएका थिए । 

बिहीबार भारतमा ६२ हजार १७०, अमेरिकामा ५८ हजार ७१० जना र ब्रजिलमा ५४ हजार ८०१ जना संक्रमित थपिएका थिए । 

अहिलेसम्म अमेरिकामा ५१ लाख ४९ हजार २२९ संक्रमित पुगेका छन् । ब्राजिलमा ३० लाख १३ हजार ३६९ तथा भारतमा २१ लाख ५२ जहार २० पुगेका छन् । 

अमेरिकामा ९७१ थपिएर १ लाख ६५ हजार ६५, ब्रजिलमा ८४१ थपिएर एक लाख ५४३ तथा अमेरिकामा ८७५ जना थपिएर ४३ हजार ४५३ जना मृतक पुगेका छन् । 

निको हुनेको संख्या अमेरिकामा २६ लाख ३८ हजार ३०३, ब्राजिलमा २० लाख ९४ हजार २९३ तथा भारतमा १४ लाख ७९ हजार ८०४ पुगेको छ । 

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्