भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, अहिलेसम्मकै धेरै संक्रमित फेला




काठमाडौं, भदौ १२
पछिल्लो २४ घन्टामा भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । बिहीबार एकैदिनमा करिब ७६ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।

यो एकै दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार ७५ हजार ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो ।

पहिलो चरणको लकडाउन खोलेसँगै भारतमा संक्रमण र मृत्युदर उच्च भएको हो । पछिल्लो समय हरेक दिन ७० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने १ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३२ लाख ४९ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् ।

भारतमा संक्रमण मृत्युदर सबैभन्दा बढि महाराष्ट्र राज्यमा रहेको छ । जहाँ अहिलेसम्म कोरोनाबाट ७ लाख ३३ हजार ५ सय ६८ जना संक्रमित भएका छन् भने २३ हजार ४ सय ४४ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १ हजार ६५ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News