थप तीन देशसँग उडान सम्झौताको तयारी



काठमाडाैँ, भदाैँ १५
नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ । समूहको बैठकले भदौ १६ देखि हुने नियमित उडानमा वायु सेवा कम्पनीले कोभिड–१९ को महामारीपूर्व लिने हवाई भाडा दरभन्दा बढी नलिन सम्बन्धित वायु सेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ ।

त्यस्तै स्वदेश फिर्ता हुने नेपालीको विषयलाई अनुगमन र सहजीकरण गर्न मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति पनि बनाइएको छ । समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य हुनुहुन्छ ।

समितिलाई हवाई भाडा दर, होटलको मापदन्ड अनुसारको अनुमगन गर्ने, स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र उद्धारलगायतको मापदण्ड र कार्यविधि बनाउनेसमेत निर्णय गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News