भाेजपुरकाे नेपालेडाँडामा फुटबल प्रतियाेगिता जारी


 


nepaledada-footballभोजपुर, असाेज १८

नेपालेडाँडा स्पोटिग क्लवको आयोजनामा जारी अन्तर गाबिस तथा क्लव स्तरीय खुल्ला पूरुष फुटबल प्रतियोगितामा आज पहिलो चरणका ६ खेल भएका छन । आजको खेलमा अरुण उपत्यका बाल क्लव चेवा जेड,नेपालेडाडा स्पोटिग क्लव ए, ताम्कु फुडबल क्लव ताम्कु,दिंला फुटबल क्लव दिंला,घले स्टार युथ क्लव कुलुग,र साकेला युथ क्लव नेपालेडाडा दोस्रा चरणमा प्रवेश गरेका छन ।

अरुण उपत्यका बाल क्लव जेड चेवा ले फ्रेन्स फुटबल क्लव खाँदबारीलाई ३ ० ले पराजित गर्दा नेपालेडाडा स्पोटिग क्लव ए ले नेपालेडाडा स्पोटिग क्लव बि लाई १ ० ले पराजित गरेको छ । त्यस्तै ताम्कु फुटबल क्लव ताम्कुले जनजाथृति युवा क्लव बि लाई ६-० ले पराजित गर्दा दिला फुटबल क्लवले अरुण उपत्यका बाल क्लव चेवा वाईलाई १-० ले पराजित गदै द्रोस्रो चरणमा प्रबेश गरेका हुन ।

त्यस्तै आजै भएको अर्को खेलमा घले स्टार कुलुग भोजपुरले जनजागृति युवा क्लव ए लाई टा्ई ब्रेकरमा ७-६ गोल अन्तरले पराजित गर्दा साकेला युवा क्लव नेपालेडाडाले बार्ता युथ क्लव नेपालेडाडा लाई २-१ ले पराजित गरेको नेपालेडाडा स्पोटिग क्लवका अध्यक्ष सञ्जय न्यौपानेले जानकारी दिए । हिजोबाट सुरु भएको खेलमा भोजपुरका १५ र संखुवासभाका ७ ओटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजारको साथमा ३ बर्षे रनिग शिल्ड मेडल र प्रमाण पत्र हात पार्ने छन । त्यस्तै द्धितिय तृतिय र सान्तवना हुनेले क्रमश २५ हजार,१७ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र हात पार्ने अायाेजक संस्थाका सचिव सौगात गौतमले जानकारी दिए ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्